‘बिष्णु पौडेलको जग्गाबारे अनावश्यक हल्ला भयो, उहाँले राजीनामा दिनु जरुरी छैन्’

Advertisement

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता देवेन्द्र पौडेलले सरकारले आफ्नो स्वामित्वमा रहेका सबै जग्गाको संरक्षण गर्ने दावी गरेका छन् । रिपोर्टर्स क्लवमा मंगलबार उनले भने, ‘यदि कसैले सरकारी जग्गा अतिक्रमण गरेको छ भने भूमाफिया र उनीहरुको कुनै पक्ष वा अंशलाई पनि बाँकी राख्दैन् । ठाडै कारबाही गर्छ ।’

पौडेलले आजको मितिसम्म सरकारी जग्गा कसैले कब्जा गरेको प्रमाण भए वर्तमान सरकार सरकारी सबै जग्गा बचाउ गर्ने जिकिर गरे । उनले भने, ‘अहिले सरकारी जग्गा सबै भूमाफियाहरुले कब्जा गरे भनेर भयानक नै भयो भनेजसरी हल्ला फैलाईएको छ । यो सही होईन् ।’

नेता पौडेलले नेकपाका महासचिव विष्णु पौडेलको नामको बालुवाटारको जग्गाबारे आवश्यकताभन्दा बढि हल्ला भएको तर्क गरे । उनले भने, ‘उनले ०६१ सालमा जग्गा किन्नुभएको हो । त्यतिबेला उहाँको पार्टी शक्तिशाली पनि थिएन् । सरकारमा पनि थिएन् ।’

यद्यपी व्यक्तिले जग्गा किनबेच गर्न पाउने पौडेलको तर्क छ । उनले भने, ‘उहाँले सरकारी हैसियतमा त्यो जग्गा किनेको होईन् । तर, सार्वजनिक पद धारण गरेका व्यक्तिहरु पारदर्शी हुनुपर्छ ।’

वर्तमान सरकारले भ्रष्टाचार हुनै नदिने भन्दै पौडेलले भने, ‘यदि भ्रष्टाचार गरेको प्रमाणित भयो भने अनुहार पनि नहेरी ठाडै कारबाही हुन्छ । यो कुरा आज पनि प्रधानमन्त्री केपी ओलीले हाम्रो संसदीय दलको बैठकमा भन्नुभएको छ ।’

भ्रष्टाचार गरेको प्रमाणित भएकाहरु कोही पनि नबच्ने पौडेलले उद्धघोष गरे । यद्यपी बिना कारण र प्रमाण कसैलाई पनि कारबाही नहुने उनले सँगसँर्ग बताए । बालुवटार जग्गा प्रकरणमा विष्णु पौडेलको संलग्नता नरहेको पनि पौडेलले दाबी गरे ।

उनले भने, ‘यो विषयमा नैतिकताको आधारमा उनले राजीनामा दिने कुरा होईन, ८ आना जग्गा किन्नुभएको हो । उहाँले सरकारी स्रोत दुरुपयोग गरेर किन्नुभएको होईन् । व्यक्तिलाई जग्गा किनबेचको अधिकार छ ।’

Advertisement

Advertisement