अष्ट्रेलिया अध्यागमनको लागि नेपाली विद्यार्थीलाई नयाँ नियम

Advertisement

काठमाडौँ । अष्ट्रेलियाको अध्यागमन विभागले प्राविधिक शिक्षा अध्ययन गर्न आउने नेपाली विद्यार्थीहरुका लागि नयाँ नियमको घोषणा गरेको छ । नेपाली विद्यार्थीहरुलाई मात्र लक्षित गरेर पहिलोपटक अष्ट्रेलियाली सरकारले नियम जारी गरेको हो ।

अष्ट्रेलियाको गृह मन्त्रालयले जारी गरेको सूचना अनुसार प्राविधिक शिक्षा अध्ययन गर्न आउने विद्यार्थीहरुले अंग्रेजी तथा आफ्नो आर्थिक क्षमताको सबै विवरणहरु पूर्ण रुपमा पेश गर्नुपर्ने भएको छ । यस पहिले यसलाई अनिवार्य गरिएको थिएन । जारी नयाँ नियम यही मे १ देखि लागू भएको अष्ट्रेलियाको गृह मन्त्रालयले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement