वित्तीय साक्षरता सञ्चालनका लागि एनवीआई र देवः विकास बैंकबीच सम्झौता

Advertisement

काठमाडौँ । नेशनल बैंकिङ इन्ष्टिच्युट (एनवीआई) र देवः विकास बैंकबीच वित्तीय साक्षरता तथा जानवी कोर्ष सञ्चालन गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । दुवै संस्थाबीच सोसम्वन्धी सम्झौतापत्रमा आईतबार हस्ताक्षर भएको हो ।

साथसाथै बैंकमा कार्यरत कर्मचारीहरुलाई बिशिष्टिकृत बैंकिङ प्रमाणीकरण प्रदान गर्ने उद्देश्यले जानवी कोर्सको विषयमा पनि सम्झौता भएको देवः विकास बैंकले जनाएको छ । सम्झौतापत्रमा नेशनल बैंकिङ ईन्स्टिच्यूटका प्रमुख कार्यकारी अधिकृत सञ्जिव सुब्बा र देवः विकास बैंकका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौताअनुसार इन्स्टिच्यूटले बनाएको वित्तीय साक्षरतासम्बन्धी मोबाईल एप्सको संरचना र सुविधाहरु बारे देवः विकास बैंकका कर्मचारीहरुलाई विस्तृत जानकारी प्रदान गरिने छ । बैंकले आफ्ना नेपाल भरी रहेका शाखामा कार्यरत कर्मचारीहरुलाई एनबिआर्इ मोवाईल एप् बारे ज्ञान दिलाई आ–आफ्नो ग्राहकमाझ वित्तीय साक्षरता कार्यक्रमलाई विस्तार गर्नको लागि अभिप्रेरित गर्नेछ ।

साथै बैंकले एनबिआई एप्समार्फत महिला समूह, किसान, रेमिट्यान्समा आश्रित परिवारहरु, शिक्षक शिक्षिका तथा विद्याथीहरुलाई वित्तीय साक्षरता बारे जानकारी गराउनेछ । यदि आवश्यक भएमा एनबिआईले बैंकहरुलाई विशेष छुटमा वित्तीय साक्षरता सम्बन्धी सचेतना कार्यक्रमको व्यवस्थापन पनि गर्नेछ ।

Advertisement

Advertisement

Advertisement