अनुष्का श्रेष्ठ बनिन् 'मिस नेपाल  २०१९' को बिजेता

Advertisement

काठमाडौँ । ‘यो बर्षको मिस नेपाल वर्ल्डको उपाधि अनुष्का श्रेष्ठले जितेकी छिन् । कीर्तिपुरस्थित ल्याब्रोटरी स्कुल प्रांगणमा बिहीबार भएको फाइनलमा २४ सुन्दरीलाई उछिन्दै अनुष्काले मिस नेपालको ताज जितेकी हुन् ।

मिस नेपाल युनिभर्सको उपाधि प्रदीप्ता अधिकारीले हात पारिन् । मिस नेपाल अर्थको उपाधि रिया बस्नेत र ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि मिरा कक्षपतिले जितिन् । रोज लामाले सुपर न्यासनलको उपाधि जितेका छन् ।

मिस ट्यालेन्टको उपाधि प्रदीप्ता अधिकारीले पाइन् भने पपुलर च्वाइसमा रिया बस्नेत परेकी छन् । यस्तै मिस फ्यासिनो अनुष्का श्रेष्ठ भइन् । मिस कन्फिडेन्सको उपाधि निशा पाठकले र ब्युटी विथ प्रपोजको उपाधि निकिता कर्माचार्यले पाए ।

कार्यक्रमका मुख्य निर्णायक इला शर्माले सोधेको ‘हामीले अधिकार भन्दा कर्तव्यलाई ध्यान दियौ भने यो संसार राम्रो बन्न सक्छ होला, तपाई यसमा के भन्नुहुन्छ रु भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिदै अनुष्काले उपाधि जितेकी हुन् । अनुष्कालाई मिस नेपाल २०१८ की शृंखला खतिवडाले ताज पहिराएकी थिइन् । अनुष्काले अब मिस वल्र्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

२५ प्रतिस्पर्धीमध्ये १५ हुँदै अन्तिममा ७ जना छानिएका थिए ।जसमा अनुष्का श्रेष्ठ, रक्षा उप्रेती, रोज लामा, प्रदीप्ता अधिकारी, सोफिया भुजेल, रिया बस्नेत र मीरा कक्षपति पुगेका थिए ।

Advertisement

Advertisement

Advertisement