सिभिल बैंकको नाफामा ४७ प्रतिशतको वृद्धि

Advertisement

काठमाडौं । सिभिल बैंक लिमीटेडले चालु आर्थिक वर्षको ९ महिनामा ४९ करोड ३८ लाख रुपियाँ खूद नाफा कमाएको छ । गत आर्थिक वर्षको यही अवधिमा बैंकको नाफा ३३ करोड ५५ लाख रुपियाँ थियो । समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा २२ करोड ३० लाख रुपियाँ छ । बैंकले गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४७ प्रतिशतले नाफा बढाएको हो ।

बैंकको सञ्चालन मुनाफा तथा ब्याज आम्दानीमा भएको सुधारले बैंकको नाफामा बढोत्तरी आएको हो । बैंकले ९ महिनाको अवधिमा ७६ करोड ५७ लाख संचालन नाफा गरेको छ ।

बैंकले खुद ब्याज आम्दानी ३९ अर्ब ९२ करोड निक्षेप संकलन गरी ४१ अर्ब ४१ करोड कर्जा परिचालन गरेको बैंकले १ अर्ब ५७ करोड गरेको छ । जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ७० प्रतिशत बढी हो । आठ अर्ब बढी चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ६३ करोड छ ।

बैंकको एनपीएल ३.९६ प्रतिशत, कस्ट अफ फण्ड ८.४० प्रतिशत, सीसीडी अनुपात ७६.६६ प्रतिशत, बेसरेट ११.२० प्रतिशत तथा ब्याजको स्प्रेडदर ३.३८ प्रतिशत छ ।

नाफामा भएको सुधारले बैंकको प्रतिसेयर आम्दानी ६ रुपियाँ १७ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १२५.०१ रुपियाँ र मूल्य आम्दानी अनुपात २५.९३ गुणा कायम भएको छ ।

Advertisement

Advertisement