आजको मौसम : हावाहुरीसहित यी पाँच प्रदेशमा हुँदैछ वर्षा र हिमपात

Advertisement

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ ।

अहिले देशभर आंशिकदेखि साधारणतया बदली रही मधेश, बागमती र कोशी प्रदेशका थोरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भैरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Advertisement

विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

साथै, तराईका एकाध स्थानमा पनि हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेश,  बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहितका स्थानमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । 

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागको पूर्वानुमान छ ।

Advertisement

Advertisement