महालक्ष्मी विकास बैंकको नयाँ शाखा सिरहामा

Advertisement

काठमाडौँ । महालक्ष्मी विकास बैंकले नयाँ शाखा उद्घाटन गरेको छ । महालक्ष्मी विकास बैंकले आफ्नो सेवा देशभर विस्तार गर्दै लानेक्रममा सिरहा जिल्ला, लहान नगरपालिका–४ स्थित लहान शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको हो ।

शाखाको उद्घाटन लहान नगरपालिका कार्यालयका मेयर मुन्नी साह सुडीले दीप प्रज्वलनका साथ गरेका थिए ।

बैँकका सहायक प्रमुख कार्यकारी अधिकृत जलजकुमार अधिकारीले सो समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरू, व्यवसायीतथा स्थानीय सर्वसाधारणको उपस्थितिप्रति कृतज्ञता ज्ञापन गरेका थिए ।

Advertisement

Advertisement