देवः विकास बैंकको नाफामा २६.१४ प्रतिशतको वृद्धि

Advertisement

काठमाडौं । देवः विकास बैंकले चालु आर्थिक वर्षको ९ महिनासम्ममा २५ करोड ५५ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यसै अवधिमा बैंकले २० करोड २३ लाख रुपियाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफामा २६.१४ प्रतिशतको वृद्धि हो ।

यस समिक्षाअवधिमा बैंकले ६१ करोड ५८ लाख रुपियाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको यसै अवधिमा बैंकले ४८ करोड २१ लाख रुपियाँ खुद ब्याज आम्दानी गरेको थियो । गत वर्षको यसै अवधिको तुलनामा बैंकको खुद ब्याज आम्दानी १३ करोड ३६ लाख रुपियाँले धेरै हो ।

बैंकको चुक्ता पूँजी दुई अर्ब ५३ करोड ३६ लाख रुपियाँ रहेको छ । त्यस्तै बैंकको जगेडा कोषमा ७३ करोड ३२ लाख रुपियाँ सञ्चित छ ।

चैत मसान्तसम्मा १७ अर्ब ९२ करोड ५६ लाख रुपियाँ निक्षेप संकलन गरेको बैंकले १६ अर्ब ९४ करोड ९९ लाख रुपियाँ कर्जा प्रवाह गरेको छ ।

बैंकको मूल्य आम्दानी अनुपात ९.५३ गुणा छ । त्यस्तै, बैंकको निष्कृय कर्जा अनुपात १.६६ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी १३ रुपियाँ ४३ पैसा छ भने प्रतिसेयर नेटवर्थ १२८ रुपियाँ ९४ पैसा छ । मूल्य आम्दानी अनुपात ९.५३ गुणा छ ।

Advertisement

Advertisement

Advertisement