यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

Advertisement

काठमाडौं । आज आइतबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर एक सय १० रुपियाँ ९५ पैसा र बिक्रीदर एक सय ११ रुपियाँ ५५ पैसा तोकेको छ ।

यस्तै साउदी रियाल एकको खरिददर २९ रुपियाँ ५८ पैसा र बिक्रीदर २९ रुपियाँ ७४ पैसा छ । आज कतारी रियाल एकको खरिददर ३० रुपियाँ ४७ पैसा र बिक्रीदर ३० रुपियाँ ६४ पैसा तोकिएको छ ।

यूएई दिर्हाम एकको खरिददर ३० रुपियाँ २१ पैसा र बिक्रीदर ३० रुपियाँ ३७ पैसा छ । आइतबार मलेसियन रिंगिट एकको खरिददर २६ रुपियाँ ४९ पैसा र बिक्रीदर २६ रुपियाँ ६३ पैसा छ ।

यस्तै कुवेती दिनारको एकको खरिददर तिन सय ६४ रुपियाँ ७२ पैसा र बिक्रीदर तिन सय ६६ रुपियाँ ६९ पैसा तोकिएको छ । बहराइन दिनार एकको खरिददर दुई सय ९४ रुपियाँ २९ पैसा र बिक्रीदर दुई सय ९५ रुपियाँ ८८ पैसा छ ।

आइतबार कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ३५ पैसा र बिक्रीदर नौ रुपियाँ ४० पैसा रहेको छ ।

Advertisement

Advertisement

Advertisement