विरोध हुँदाहुँदै रकम बढाएर सांसदहरुलाई ६–६ करोड विनियोजन

Advertisement

काठमाडौं । चौतर्फी विरोध हुँदाहुँदै अर्थमन्त्री युवराज खतिवडाले साँसदहरुलाई रकम बढाएर ६–६ करोड रुपियाँ विनियोजन गरेका छन् । गएको आर्थिक बर्षमा निर्वाचन क्षेत्र विकास कार्यक्रममार्फत साँसदहरुलाई ४–४ करोड मात्रै विनियोजन गरिएकोमा यो बर्ष झन बढाइएको हो ।

स्थानीय निकाय क्रियाशील भइसकेपछि साँसदहरुलाई रकम बाँडिरहनु जरुरी नरहेको भन्दै सबैतिरबाट सुझाव आए पछि त्यो कुरालाई वर्तमान सरकारले उपेक्ष गरी रकम विनियोजन गरेको हो । अहिलेको सरकारमा सत्तारुढ साँसदहरुकै दुईतिहाई बहुमत भएकाले पनि रकम बढाइएको हो ।

संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले यस कार्यक्रमको लागि नौ अर्ब ९० करोड रुपियाँ विनियोजन गरेको बताएका छन्। उनले त्यसरी विनियोजन गरेको बताइरहँदा सत्तारुढ साँसदहरुले ताली बजाएका थिए ।

Advertisement

Advertisement