काठमाडौंमा टिपरपछि अब ढुवानीका अरु साधन पनि दिउसो गुड्न नपाउने, असार १ देखि लागू

Advertisement

काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौंमा सवारी साधनको जाम र दुर्घटना कम गर्न असार १ गतेदेखि सामान ढुवानीका अरु सवारी साधन सञ्चालनमा कडाई गर्ने निर्णय गरेको छ ।

विभागका महानिर्देशक कुमार दाहालका अनुसार पानीको जार, अक्सिजन र दुध बोक्नेबाहेक बाँकी सबै ढुवानीका सबै साधनहरु बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म उपत्यकाका तीनै जिल्लामा सञ्चालन गर्न पाइने छैन् । अहिले टिपरलाई मात्रै यस्तो प्रतिवन्ध लगाइएकोमा अब ढुवानीका अन्य साधनहरुलाई पनि प्र्रतिवन्ध लगाउन लागिएको हो ।

साथै, महानिर्देशक दाहालले सोमबारबाट यातायातको सिण्डिकेट पूर्णरुपमा खारेज हुने बताए । सरकारले यस्तो सिण्डिकेट खारेजको पहिले नै निर्णय गरे पनि कार्यान्वयन हुन सकिरहेको थिएन् ।

Advertisement

Advertisement

Advertisement