टोकियो नगएर ओशाका उडान सुरु गर्न लागेको नेपाल एअरलाइन्सले यात्रु पाएन्

Advertisement

काठमाडौं । नेपालीहरुको धेरै बसोबास रहेको टोकियोमा उडान गर्न सबैले सुझाव दिँदादिँदै ओशाका उडान सुरु गर्न लागेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले यात्रु नै पाउन सकेको छैन् ।

टोकियो उडानका लागि यसअघि तत्कालिन महाप्रवन्धक सुगतरत्न कंसाकारले सुरु गरेको प्रक्रिया अहिलेका मदन खरेल कार्यकारी अध्यक्ष भएर आएपछि रद्द गरी आशाकाका लागि प्रक्रिया अघि बढाएका थिए । जबकी बहुसंख्या नेपालीहरुको बसोबार टोकियोस्थित नागोया विमानस्थल वरपर रहेको छ । त्यहाँबाट ओशाका जान रेलबाट झण्डै एक घण्टा समय लाग्छ ।

नेपालीहरुको नगन्य बसोबास रहेको आशामा उडान गर्दा यात्रु नपाएर निगमलाई घाटा हुने भन्दै निगमका वरिष्ठ अधिकारीदेखि कर्मचारी युनियनसम्मले खरेललाई पटक पटक आग्रह गर्दा पनि ओशाकामा बस्दै आएका गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष देवमान हिराचन र हिमालयन एयरलाइन्सका सञ्चालक स्वर्गीय आङछिरिङ शेर्पाको इशारामा उनले टोकियो उडानको प्रक्रिया रद्द गरी ओशाका उडानका लागि प्रक्रिया अघि बढाएको युनियनका प्रतिनिधिहरुको भनाई छ ।

निगमले असारको यही १९ गतेबाट हप्ताको तीन दिन आशाका उडान गर्ने योजना बनाएको थियो । तर अहिलेसम्म यात्रु नै नपाएपछि सो उडान स्थगित भएको छ । वाइडबडी उडान गर्न नसकेर आर्थिक संकटमा पर्न लागेको निगम आशाका रित्तो उडाउँदा झन संकटमा पर्ने अवस्था आएपछि निगमका अधिकारीहरुको दबाबमा खरेलले उडान स्थगित गरेका हु्न ।

निगमका एक अधिकारीले भने– तत्काललाई ओशाका उडान स्थगित भए पनि सधैका लागि होइन् । यसको कारण भने उनले खुलाउन चाहेनन् । उडानको तालिकासहित भाडा पनि तोकेर टिकट बुकिङ खुलाएको लामो समयसम्म यात्रु नपाएपछि निगमले उडान एक महिना पछि सारेको हो ।

Advertisement

Advertisement

Advertisement