बर्जरको 'वेदरकोट लङ लाइफ' नेपाली बजारमा

Advertisement

काठमाडौं । बर्जरले अहिलेसम्मकै सबैभन्दा नवीनतम प्रविधिमा आधारित उच्चकोटीको बर्जर वेदरकोट लङ लाइफ नेपाली बजारमा उपलब्ध गराएको छ । नेपालमा सन् २००० देखि सजावटी रंगहरुको उत्पादन गर्दै आएको बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल)ले पीयू र सिलिकन प्रविधि प्रयोग गरिएको प्रिमियम एक्स्टेरियर पेन्ट हो ।

यो पेन्ट ‘घामपानी छेक्छ, १० वर्ष टिक्छ’भन्ने नारा सहित सार्वजनिक गरिएको छ । पेन्टमा १० वर्षको वारेन्टि पाउन सकिनेछ । बर्जर वेदरकोट लङ लाइफमा भएको पीयू इमल्सनले घरको चमक वर्षौंसम्म कायम राख्छ कम्पनीको दाबी छ ।

यसले चर्को घामबाट र मुसलधारे वर्षाबाट समेत सुरक्षा प्रदान गर्दछ । त्यस्तै सिलिकन प्रविधिले घरको बाहिरी भित्तामा ढुसी, लेऊजस्ता विकारबाट बचाउँ । सिलिकनले रंगको आयु पनि लम्बाउँछ र रंगलाई सधैं नयाँ जस्तै बनाइ राख्ने जारी विज्ञप्तीमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement