कामना सेवा र खल्ती डिजिटल वालेटबीच वित्तीय सम्झौता

Advertisement

काठमाडौं । कामना सेवा र खल्ती डिजिटल वालेटबीच वित्तीय सम्झौता भएको छ । ‘प्रगतिको आधार कामना सेवासँग कारोबार’ भन्ने मुल नाराका साथ बैैकिङ सम्झौता गरी सेवा संचालनमा ल्याएको हो ।

बैंकको मोवाईल बैकिङ सेवा लिएका ग्राहकले आफ्नो खातामा भएको रकम मोवाईल बैकिङ मार्फत खल्ती डिजिटल वालेटमा फण्ड लोड गर्ने सुविधा प्रदान गरिएको छ । खल्ती वालेट मार्फत ग्राहकले क्रेडिट कार्डको बिल भुक्तानी, इन्स्योरेन्सको प्रिमियम भुक्तानी, बिद्युत महशुुल भुक्तानी, खानेपानी महसुल भुक्तानी, लगायत अन्य विभिन्न भुक्तानीहरुमा सहयोगी हुने बंैकले जनाएको छ ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ९१ वटा शाखा तथा ४३ वटाब्त्ः मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एसएमएस मोबाईल बैंकिङ लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement