गैरआवासीय नेपाली संघ थाइल्याण्डद्धारा नवनियुक्त राजदूतलाई स्वागत

Advertisement

बैंकक । गैरआवासीय नेपाली संघ (एनआरएनए) थाईल्याण्डले यहाँस्थित नेपाली नियोग र गैरआवासीय नेपालीबीचको सहकार्य बलियो बनाउन भन्दै शनिबार रात्री भोजको आयोजना गर्यो । रात्रीभोजमा थाइल्याण्डका लागि नवनियुक्त नेपाली राजदूत गणेश ढकाल र उनको परिवारलाई स्वागत गरिएको थियो ।

गैरआवासीय नेपाली संघका अन्तर्रास्ट्रिय समन्वय समिति सदस्य खगेन्द्र ढकाल र संघका राष्ट्रिय समन्वय समितिका अध्यक्ष अस्सजित अवालेले ढकाल दम्पत्तिलाई स्वागत गरेका थिए ।

कार्यक्रममा राजदूत ढकालले गैरआवासीय नेपालीसँग सरकारले ज्ञान, सीप, प्रबिधि र लगानीको ठूलो अपेक्षा राखेको भन्दै गैरआवासीय नेपाली संघले केही समय अगाडी स्थापना गरेको नेपाल पोलिसी इस्टिच्युट (एनपीआई)ले ज्ञान र नीतिको क्षेत्रमा राष्ट्रिय योजना आयोगमार्फत पुर्याइरहेको योगदानको प्रसंशा गरे ।

संघको अन्तर्राष्ट्रिय समन्वय समिति सदस्य खगेन्द्र ढकालले नेपालले दिगो विकास लक्ष्यका उद्देश्य पूरा गर्न वर्षको औसत वार्षिक सवा २० खर्ब रुपियाँ लगानी आवश्यक पर्ने राष्ट्रिय योजना आयोगले आँकलन गरेको भन्दै संवृद्ध नेपाल बनाउने सरकारको आकांक्षामा गैरआवासीय नेपाली आफ्नो क्षमतानुसार सहयोग गर्न तयार रहेको बताए ।

ढकालले सरकारलाई एक भरपर्दो विकास साझेदारको रुपमा गैरआवासीय नेपाली संघले आफूलाई प्रमाणित गर्नुपर्ने भन्दै त्यसका लागि गैरआवासीय नेपालीहरुको स्रोत साधन र पहुचलार्इ सदुपयोग गरि संघले गर्न सक्ने सम्भावित योगदानको आँकलन तुरुन्त प्रस्तुत गर्नुपर्ने बताए । एनपीआईका अध्यक्ष समेत रहेका उनले एनपीआई सरकारका कुनै पनि नियोग लगायतका निकायमार्फत नेपाल र नेपालीलार्इ सहयोग गर्न तयार रहेको बताए ।

गैरआवासीय नेपाली संघ थाईल्याण्डका अध्यक्ष अस्सजित अवालेले अघिल्लो राजदूतले संघसँग राम्ररी समन्वय गर्न नसकेको गुनासो गर्दै आफूलाई मन परेको सस्थालाई संघसँग कहिले समानान्तर र कहिले त्योभन्दा माथि राखेर व्यवहार गर्दा नेपाली समुदाय दुखित बनेको बताए ।

नयाँ राजदूतबाट परराष्ट्र मन्त्रालयले मान्यता दिएको सस्था एनआरएनएलार्इ सोही प्रोटोकलमा व्यवहार गरिदिए सबै नेपालीहरु एक भएर नेपालको हितमा कम गर्न सजिलो हुने उनको भनाई छ ।

कार्यक्रममा थाईल्याण्डस्थित नेपाली संघसंस्थाका प्रतिनिधि, संघका वर्तमान एवं पूर्वपदाधिकारी सहभागी थिए । कार्यक्रममा आफ्नो कार्यकाल सम्पन्न गरेर नेपाल फर्कने तयारी गरिरहेका दूतावासका उपप्रमुख जंगबहादुर गुरुङ र उनको परिवारलाई पनि बिदाई गरिएको थियो ।

Advertisement

Advertisement

Advertisement