आयोगको सिफारिस कार्यान्वयन नगर्नेलाई कालोसुचीमा राख्छुः मानवअधिकार आयोगका अध्यक्ष

Advertisement

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आयोगका सिफारिस कार्यान्वयन नगर्ने अधिकारीको नाम कालोसूचीमा सार्वजनिक हुने बताएका छन् ।

आयोगले सोमबार आयोजना गरेको मानवअधिकारको समसामयिक विषयमा सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा उनले आयोगका सिफारिस कार्यान्वयन नगर्ने निकायको नाम कालोसूचीमा सार्वजनिक गर्ने बताएका हुन् ।
शर्माले भने, “आयोगले गरेका सिफारिस कार्यान्वयन नगर्ने निकायको नाम कालोसूचीमा राखिन्छ, कालोसूचीमा नाम पीडकको त हुने नै भयो, पीडकलाई कारवाही नगर्ने निकायको नाम पनि कालोसूचीमा सार्वजनिक गरिन्छ ।”

उनले आयोगको संशोधनसम्बन्धी विधेयक संसदमा दर्ता भएको र महान्यायाधिवक्ता कहा जाने र महान्ययाधिवक्ताले मुद्दा चलाउने र नचलाउने निर्णय गर्ने भनिएको उल्लेख गर्दै प्रश्न गरे, “व्याख्या भइसकेको विषयमा फेरि किन यस्तो ऐन ल्याइएको हो ?”

Advertisement

Advertisement

Advertisement