काठमाडौं महानगरपालिकाको बजेट १५ अर्ब

Advertisement

काठमाडौं। काठमाडौं महानगरपालिकाले आगामी आर्थिक बर्ष २०७६/०७७ का लागि १५ अर्ब ५० करोड ७० लाख १२ हजार रुपियाँको बजेट प्रस्तुत गरेको छ । मंगलबार महानगरपालिकाको पाचौँ नगरसभा बैठकका अवसरमा यो बजेट प्रस्तुत गरिएको हो ।

महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले करिव १५ अर्बको विनियोजन विधेयक प्रस्तुत गरेका छन्। भौतिक पूर्वाधार विकास कार्यक्रम आफ्नै स्रोतबाट चार अर्ब ३१ करोड ३५ लाख,संघीय तथा प्रदेश सरकारबाट सशर्त अनुदान एक अर्ब १५ लाख गरि जम्मा ५ अर्ब ३१ करोड ५० लाख रुपियाँ अनुमानित खर्चको सीमा निर्धारण गरेको बताए ।

महानगरले सामाजिक विकास कार्यक्रम शीर्षकमा २७ करोड छ लाख ९० हजार ,संघीय तथा प्रदेश सरकारबाट सशर्त अनुदान एक अर्ब २५ करोड नौ लाख रुपियाँ गरि एक अर्ब ५२ करोड ५० लाख ९० हजार रुपियाँको सीमा तोकेको छ।

त्यस्तै शिक्षामा आन्तरिक स्रोतबाट ३० करोड ८८ लाख ५४ हजार,संघीय तथा प्रदेश सरकारबाट एक अर्ब चार करोड दुई लाख ४६ हजार रुपियाँ गरि कुल एक अर्ब ३४ करोड ९० लाख ५० हजार रुपियाँ सिमा निर्धारण गरेको छ ।

त्यस्तै सम्पदा पर्यटन प्रवर्द्धन कार्यक्रमका लागि ६७ करोड ६९ लाख ९५ हजार रुपियाँ रहेको छ । हनुमानढोका दरबार क्षेत्र संरक्षणका लागि ५४ करोड ६९ लाख ६७ हजार रुपियाँ छुट्याईएको छ। वातावरण तथा उद्यान व्यवस्थापन कार्यक्रमका लागि ३१ करोड ८५ लाख ४५ हजार, शहरी योजना सम्वन्धी कार्यक्रमका लागि २९ करोड ३५ लाख१५ हजार, सार्वजनिक निजी साझेदारी कार्यक्रमका लागि १६ करोड ८१ लाख,सूचना तथा संचार सेवाका लागि १६ करोड ३९ लाख,जनस्वास्थ्यका लागि १२ करोड ३४ लाख ८२ हजार,विपद व्यवस्थापनमा सात करोड ३० लाख, अन्तर्राष्ट्रिय सम्वन्ध प्रवर्द्धनका लागि छ करोड ५९ लाख, कृषि र पशुसेवा शीर्षकमा छ करोड २९ लाख सात हजार,प्रधानमन्त्री रोजगार कार्यक्रम पाँच करोड चार लाख ७७ हजार, राजश्व परिचालन तथा वित्त व्यवस्थापन तीन करोड ३५ लाख, शहरी सुव्यवस्थाका लागि तीन करोड,सहकारी व्यवस्थापन एक करोड ४० लाख, शहरी विकास सेवा कार्यक्रमका लागि एक करोड २५ लाख रुपियाँको सीमा निर्धारण गरेको छ।

Advertisement

Advertisement

Advertisement