‘फ्रि तिब्बत’ अभियानको कार्यक्रममा सहभागी हुने समाजवादीका नेता निलम्बित

Advertisement

काठमाडौं । समाजवादी पार्टीले ‘फ्रि तिब्बत’ अभियानको कार्यक्रममा सहभागी भएका आफ्नो पार्टीका नेता एवं सांसद प्रदीप यादवलाई पार्टीबाट निलम्बन गरेको छ । उनी पर्सा १ बाट प्रतिनिधिसभामा निर्वाचित साँसद हुन् ।

पार्टीलाई जानकारी नगराई यादव लाटभियाको राजधानी रिगामा आयोजित ‘इन्टरनेशनल नेटवर्क अफ पार्लियामेन्टेरियन अन फ्रि तिब्बत’ कार्यक्रममा सहभागी भएपछि विवादको विषय बन्दै आएको थियो । चीन सरकारले ‘फ्रि तिब्बत’ गतिविधिलाई गम्भीररुपमा लिने भएकाले समाजवादीले यादवलाई कारवाही गर्न बाध्य भएको हो ।

पार्टी नीति विपरित ‘फ्रि तिब्बत’ अभियानको कार्यक्रममा सहभागी भएको भन्दै उनलाई स्पष्टिकरण सोधिएको थियो । स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै सो पार्टीकोे केन्द्रीय समिति बैठकले यादवलाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गर्ने निर्णय गरेको हो ।

‘फ्रि तिब्बत’ अभियानको कार्यक्रममा यादवसँगै राष्ट्रिय जनता पार्टीका सांसद एकवाल अहमद पनि गएका थिए । दुवैले आफूहरु भुलबस उक्त कार्यक्रममा पुगेको बताउँदै आएका छन् । उनीहरुका अनुसार अर्कै कार्यक्रम भनेर आफूहरुलाई ‘फ्रि तिब्बत’को कार्यक्रममा पुर्याइएको जिकिर गर्दै आएका छन् ।

Advertisement

Advertisement

Advertisement