महानगरपालिका र सिस्डोलवासीबीच सहमति, काठमाडौं फोहर आजैदेखि उठ्ने

Advertisement

काठमाडौं । सिसडोल ल्यान्डफिल्ड साइटका स्थानीयद्धारा गठित संघर्ष समिति र काठमाडौं महानगरपालिकाबीच सहमति भएको छ । सहमतिसँगै केही दिनदेखि रोकिएको काठमाडौंको फोहर उठाउने कार्य सुचारु भएको छ भने समस्या समाधान गर्न १३ सदस्यीय समिति गठन गरिएको छ ।

समितिले १५ दिनभित्रमा सिस्डोलवासीको समस्या पहिचान गरी समाधानको सुझावसहितको प्रतिवेदन पेश गर्ने, त्यसमा महानगरपालिकाले समाधान गर्नसक्ने समस्या महानगरले गर्ने र महानगरले नसक्ने समस्या समाधान गर्न सम्वन्धित पक्षलाई आग्रह गर्ने सहमति भएको छ ।

सहमतिसँगै झण्डै एक सातादेखि रोकिएको काठमाडौंको फोहर उडाउने कार्य आजैबाट सुरु हुने सहमतिपत्रमा उल्लेख छ । सिसडोलवासीले सो क्षेत्र भरिइसकेका कारण व्यवस्थापन अस्तव्यस्त भएको भन्दै फोहोर फाल्न बन्द गर्नुपर्ने र डम्पिङ साइटबाट सिर्जित समस्याको समाधान गर्नुपर्ने माग गरेका थिए । आफ्ना माग सम्बोधन नगरेसम्म फोहोर उठ्न नदिने सिसडोल व्यवस्थापन संघर्ष समितिले बताउँदै आएको थियो ।

Advertisement

Advertisement

Advertisement