सार्वजनिक यातायात सुदृढिकरणको लागि सहकार्य, नयाँ २० बस थपिए

Advertisement

काठमाडौं । सार्वजनिक यातायात सुदृढिकरणको लागि सहकार्य भएको छ । साझा यातायातका सेवालाई प्रभावकारी एवं दिगो बनाउन सहकार्य भएको हो ।

सार्वजनिक यातायात प्रणालीलाई व्यवस्थित बनाउदै आम सेवाग्राहिलाई सुविधा दिन तथा र वायु प्रदुषण कम गर्न प्रदेश नं. तीन, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र साझा यातायातले सहभागि सोमवार राष्ट्रिय सभा गृहमा विजुली बसमा लगानी गरी सञ्चालन गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

विद्युतिय पेमेन्टको लागि यात्राकार्डको शुभारम्भ पनि भएको छ । काठमाडौं महानगरपालिकाको तर्फबाट नयाँ यातायात ऐन सार्वजनिक गरेको र महानगरपालिका सहकार्यमा साझा यातायातले सञ्चालन गर्ने युरो चार मापदण्डका २० वटा नयाँ बसहरुको शुभारम्भ भएको छ ।

साझाका २० नयाँ बस खरिद गर्न काठमाडौँमहानगरले पाँच करोड र ललितपुरमहानगरले एक करोड रुपियाँ अनुदान सहयोग गरेको छ।

साझा यातायातले यि नविन कार्यले उपत्यकाको सार्वजनिक यातायातमा छ महत्वपुर्ण पक्षहरु प्राविधीक, वातावरणिय, सामाजिक,कानुनी, सस्थागत र आर्थिक पक्षलाई थप सवल बनाई आरमदायि र सुरक्षित सेवा दिने रहेको छ ।

Advertisement

Advertisement

Advertisement