प्राइमले कैलाशलाई पनि गाभ्ने

Advertisement

काठमाडौँ । प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई प्राप्ति (एक्विजिसन) गर्ने भएको छ । प्राप्ति गर्नेसम्वन्धी सहमति पत्रमा प्राइम बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ र कैलाश विकास बैंक सञ्चालक समितिका अध्यक्ष नारायण पौडेलले शुक्रबार हस्ताक्षर गरे ।

प्राइम बैंकसँग गाभिन कन्काई विकास बैंक र ललितपुर फाइनान्स यसअघि नै सहमत भइसकेका छन् । तीन वटै संस्थालाई गाभेपछि प्राइमको शाखा संख्या १८९ पुग्नेछ ।

Advertisement

Advertisement

Advertisement