बनेपामा सिरिन्ज आक्रमणः एक पक्राउ, कारबाहीको माग गर्दै स्थानीयद्वारा प्रहरी कार्यालय घेराउ

Advertisement

काठमाडौं । बनेपामा सिरिञ्ज आक्रमणको आशंकामा प्रहरीले एक जना पक्राउ गरेको छ । युवतीमाथि सिरिन्ज हानेको आरोपमा बनेपाको चारदोबाटोबाट स्थानीयबासीले एकजनलाई समातोर प्रहरीमा बुझाएका छन्। प्रहरीले स्याङ्जाका खगेन्द्रप्रसाद पाठकलाई पक्राउ गरेको हो ।

सिरिन्ज आक्रमण गर्न खोज्नेलाई कारबाही माग गर्दै स्थानीयले इलाका प्रहरी कार्यालय बनेपामा घेराउ गरेका छन्। बनेपा अहिले तनावग्रस्त भएको छ । बनेपा बजारमा तनाव भएपछि अहिले ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सिरिन्ज हान्ने व्यक्ति पक्रेको थाहा पाएपछि स्थानीयले कारबाही माग गर्दै प्रहरी कार्यालय घेरेका हुन्। त्यही क्रममा प्रहरी र स्थानीयबी तनाव भएको हो ।

बनेपाको चारदोबाटोमा अहिले ठुलो संख्यामा भीड जम्मा भएको छ। सोमबार बसमा सवार र पैदल हिँडिरहेका दुई महिलाले आफूहरुमाथि सिरिन्ज आक्रमण भएको बताएका थिए। त्यहीक्रममा स्थानीयबासीले एकजनालाई समातेर प्रहरीको जिम्मा लगाएका थिए। तर पक्राउ परेका सापकोटाले आफूले कसैलाई सिरिन्ज नहानेका बताएका छन्।

इलाका प्रहरी कार्यालय बनेपाले घटनाको पुष्टि गर्दै एकजनालाई पक्राउ गरी हिरासतमा लिएको जानकारी दिएको छ । हिरासतमा लिइएका पाठकमाथि अनुसन्धान अघि बढाइसकिएको प्रहरीले जनाएको छ ।

सिरिन्ज हानिएको भनिएका युवतीलाई अहिले स्वास्थ्य जाँचका लागि अस्पतालमा लगिएको छ ।

Advertisement

Advertisement

Advertisement