नेपाललाई विश्व बैंकको ११ अर्ब ऋण

Advertisement

काठमाडौं । विश्व बैंकले नेपाललाई ११ अर्ब रुपैयाँ अर्थात् एक सय मिलियन अमेरिकी डलर प्रदान गरेको छ। उक्त रकम सरकारले स्वीकार गर्ने समेत निर्णय गरिसकेको छ।

अर्थ मन्त्रालयका अनुसार उक्त ऋण सहायतामा अर्थ मन्त्रालयमा एक समारोहबीच भोलि शुक्रबार सम्झौता हुनेछ। उक्त रकम बजेटरी व्यवस्थाअनुसार सरकारले खर्च गर्ने अर्थ मन्त्रालयले जनाएको छ।

अनुदानमा आएको रकम योजना कार्यक्रम समेत तोकिएर आउँछ तर ऋण सहायता भने सरकारले आफ्नो बजेटरी व्यवस्था अनुसार खर्च गर्न पाउने व्यवस्था छ।

Advertisement

Advertisement

Advertisement