कृषिमन्त्री खनालले भने- भारतबाट आयात हुने तरकारीमा प्रचार गरिए जस्तो विषादी छैन

Advertisement

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले केन्द्रीय कृषि प्रयोगशालाको निरीक्षण गर्दै भारतबाट आयात हुने तरकारीमा प्रचार गरिए जस्तो विषादी नभएको बताएका छन् । भारतबाट आयातित तरकारी तथा फलफुलको विषादी परीक्षण तत्कालका लागि स्थगित गर्ने सरकारको निर्णयको चर्को आलोचना भइरहेका बेला मन्त्री खनालले शुक्रबार बिहानै कालिमाटी तरकारी बजारमा रहेको केन्द्रीय कृषि प्रयोगशालाको स्थलगत निरीक्षण गरेका हुन् ।

करिव एक घण्टा प्रयोगशालाको निरीक्षणपछि उनले सञ्चारकर्मीमाझ प्रचार गरिएजस्तो भारतबाट आयातीत तरकारी तथा फलफूलमा विषादी नभएको परीक्षणका क्रममा पाइएको स्पष्ट पारे ।

उनले दैनिक तरकारी तथा फलफूलको विषादी परीक्षणको काम भइरहेकाले सर्वसाधारणले पनि डराउनुपर्ने स्थीती नरहेको बताए । केन्द्रमा रहेको सो प्रयोगशालामा सबै प्रकारको विषादीको परीक्षण हुने र अन्य ठाउँमा रहेका ८ वटा प्रयोगशालाबाट पनि तरकारी तथा फलफुलको विषादी परीक्षणको काम भइरहेको मन्त्री खनालको दावी छ ।

मन्त्री खनालले जनस्वास्थ्यलाई ख्यालमा राखेर सरकारले ४ महिना अघि नै २१ वटा विषादीको प्रयोगमा प्रतिबन्ध लगाएको पनि स्मरण गराए । मन्त्री खनालका अनुसार नेपालमा हाल विषादी परीक्षणका लागि केन्द्रमा एक र देशका अन्य भागमा गरी ८ वटा प्रयोगशाला रहेका छन । विश्व खाद्य संगठनले २०७१ सालमा स्थापना गरेको केन्द्रीय कृषि प्रयोगशालामा सबै खालको विषादीको परीक्षण हुन्छ ।

अन्य ८ ठाउँबाट पनि खाद्य बस्तुहरुको विषादी परीक्षण भइरहेको छ । मन्त्री खनालले त्यतिले मात्रै नपुगेका कारण भन्सार नाकाहरुमा पनि विषादी चेकजाँचको व्यवस्था गर्नुपर्ने आवश्यक्ता मन्त्रालयले औंल्याएको पनि बताए ।

सरकारले विषादीको प्रयोगलाई कम गर्दै लैजान विभिन्न प्रदेशहरुमा प्राङगारिक मल उत्पादनका लागि ५२ करोडको बजेटको व्यवस्था पनि गरेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको दावी छ ।

Advertisement

Advertisement

Advertisement