आँधिखोला लघुवित्तको आईपीओ बाँडफाँड, सबैले पाए १०–१० कित्ता

Advertisement

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले ३ लाख ७५ हजार कित्ता सेयर बाँडफाँड भएको छ । लघुवित्तले असार २२ देखि २५ गतेसम्म सर्वसाधारणको लागि निष्काशन खुल्ला गरेको थियो । लघुवित्तको सेयर बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड भएको हो।

आईपीओमा कूल ३ लाख ९९२ वटा आवेदनबाट सर्वसाधारणमा माग भएको १४ गुणा बढी अर्थात ५२ लाख ५० हजार ६३० कित्ता माग परेको थियो। जसमध्ये आवेदन गरेका ५७९ वटा आवेदनबाट परेको ८ हजार ९७० कित्ताको आवेदन रद्ध भएको बिक्री प्रबन्धकले जनाएको छ।

३ लाख ४१३ वटा आवेदनमध्ये ३७ हजार ५०० जना आवेदकलाई धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम गोलाप्रथाबाट १० कित्ताका दरले सेयर बाँडफाँड गरिएको छ। यो कूल आवेदक संख्याका १२.४८ प्रतिशत मात्र हो । आईपीओ बाँडफाँड पश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड रुपियाँ पुगेको छ भने संस्थापक साधारण सेयर अनुपात ६०ः४० कायम भएको छ।

Advertisement

Advertisement

Advertisement