श्रावण महिनालाई विशेष बनाउन ‘नमस्ते मेहेन्दी महोत्सव’को आयोजना

Advertisement

काठमाडौं । नेपाली संस्कृतिको विशिष्ट चिनारी बोकेको श्रावण महिनालाई विशेष बनाउन ‘नमस्ते मेहेन्दी महोत्सव’को आयोजना गरिने भएको छ । ओपन स्पेस नेटवर्कले सुनधारास्थित काठमाडौं मल र पुल्चोकस्थित लविम मलमा नमस्ते मेहेन्दी महोत्सवको आयोजना गरिने भएको हो ।

श्रावण महिनाको सुरुवातसँगै मेहेन्दी लगाउने परम्परालाई निरन्तरता दिन र अझ परिष्कृत बनाउनका लागि महोत्सवको आयोजना गरिएको आयोजक नेटवर्ककी संस्थापक फाइजा परवीनले बताइन् । उनले धेरैभन्दा धेरै दिदीबहिनीहरुसँग मेहेन्दी लगाएर श्रावण महिनाको स्वागत गर्न महोत्सवको आयोजना गरिएको बताईन् ।

मंगलबार र बुधबार आयोजना गरिने महोत्सवमा नेपालका चर्चित मेहेन्दी आर्टिस्टहरु सिर्जना शाही, अश्वनी भेटवाल, दिप्सा महर्जन, प्रियम्वदा न्यौपाने, सुष्मा मोक्तान, एलिशा शाही, मनिषा शर्मा, आहाना पन्त, खादिजा शेख, निदा निसार, सोनी गुप्ता लगायतले सहभागीहरुलाई मेहेन्दी लगाइदिनेछन् ।

Advertisement

Advertisement

Advertisement