हिमालयन बैंकले टिच फर नेपाललाई गर्यो ५ लाखको सहयोग

Advertisement

काठमाडौं । हिमालयन बैंकले टिच फर नेपाललाई ५ लाख आर्थिक सहयोग प्रदान गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले उक्त सहयोग टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिसिर खनाललाई हस्तान्तरण गरेका हुन् ।

ग्रामीण क्षेत्रका सामुदायिकरसरकारी विद्यालयहरुमा अध्ययनरत विधार्थीहरुलाई विभिन्न विषयको गुणस्तरीय शिक्षा प्रदान गर्न स्वयम्सेवक शिक्षक पठाउन उक्त सहयोग गरिएको हो । हिमालयन बैंकले स्थापना कालदेखि नै वृद्धाआश्रम, अनाथालय, सांकृतिक संपदा संरक्षणलगायतका कार्यहरु गर्दै आएको जनाएको छ ।

एक दिन नेपालका सबै विधार्थीहरुले गुणस्तरीय शिक्षा प्राप्त गर्नेछन् भन्ने मूल मन्त्रका साथ काम गर्दै आएको टिच फर नेपालले ६ जिल्लाका ६७ विद्यालयमा २७० जना स्वयम् सेवक शिक्षक पठाएर ३० हजार भन्दा बढी विधार्थीहरुलाई विज्ञान, गणित र अंग्रेजी विषय अध्यापन गराइरहेको छ ।

५ लाख आर्थिक सहयोग प्रदान गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले उक्त सहयोग टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिसिर खनाललाई हस्तान्तरण गरेका हुन् ।