अर्थ मन्त्रालयको  ग्रीन सिग्नलपछि हरियाली सेयर बजार, पुरा हुँदै लगानीकर्ताको माग

Advertisement

काठमाडौं । अर्थ मन्त्रालयले सेयरको पुँजीगत लाभ कर प्रकरणमा ग्रीन सिग्नल दिएपछि सेयर बजारमा हरियाली छाएको छ । अर्थमन्त्रालयले लाभकरण गणनाका लागि लचक हुने सन्देश पठाएपछि एकाएक सेयर बजारका लगानीकर्ता उत्साहित भएका हुन् । लगानीकर्ताको त्यहि उत्साह सेयर बजारका परिसूचकहरुमा हरियो रंगसँगै प्रकट भएका छन् ।

मन्त्रालयले नेपाल धितोपत्र बोड, नेपाल स्टक एक्सचेञ्च, सिडिएस र लगानीकर्ताका प्रतिनिधीसँग आजै छलफल गरेर विवाद टुंगो लगाउने तयारी थालेको छ । समस्या समाधान गर्ने आश्वासनसहित छलफलका लागि लगानीकर्तालाई बोलाएपछि एकाएक त्यो सन्देश बजारमा फैलियो र सेयर बजारमा उकालो लाग्न थालेको हो ।

‘आजै सर्वपक्षिय छलफल गरेर विवाद समाधानको तयारी भैरहेको छ, साँझसम्म लागभकर गणनाको दिर्घकालिन समाधान आउँछ’, अर्थ मन्त्रालय श्रोतले भन्यो ।

Advertisement

Advertisement

Advertisement