सेञ्चुरी बैंकको नाफा ८६ करोड, स्प्रेड दर ४.२० %मात्रै

Advertisement

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले ८६ करोड नाफा कमाएको छ । बैंकले २०७६ असार मसान्त अवधीमा आफ्नो नाफा ८६ करोड कायम गरेको हो । यद्यपी बैंकले २०७५ असार मसान्त अवधीमा ९१ करोड नाफा आर्जन गरेको थियो ।

बैंकको वितरण योग्य नाफा ५३ करोड रुपैंयाँ कायम भएको छ । ८ अर्ब ४१ करोड चुक्ता पुँजी रहेको बैंकले गत आर्थिक वर्षको नाफाबाट ६.३० प्रतिशत लाभांश दिन सक्छ । बैंकको जगेडा कोषमा भने १ अर्ब ३ करोड रुपैंयाँ रहेको छ । बैंकदे ५७ अर्ब निक्षेप संकलन गरेर ५६ अर्ब कर्जा लगानी गरेको छ ।

सेञ्चुरी कमर्सियल बैंकको सीडी रेसियो ७८.०९ प्रतिशत कायम भएको छ । आधार ब्याजदर ११.२९ प्रतिशत छ भने कस्ट अफ फण्ड ८.१९ प्रतिशत छ । बैंकको स्प्रेड दर भने जम्मा ४.२० प्रतिशत मात्रै रहेको छ । बैंकको प्रति सेयर आम्दानी १०.२३ रुपैंया कायम हुँदा प्रति सेयर नेटवर्थ १२०.८० रुपैंयाँ छ ।

Advertisement

Advertisement

Advertisement