युनाइटेड फाइनान्सको नाफा ८५ प्रतिशतले वृद्धि

Advertisement

काठमाडौं । युनाइटेड फाइनान्स कम्पनीको नाफा ८५ प्रतिशतले वृद्धि भएको छ । २०७५ असार मसान्तमा ७ करोड नाफा गरेको युनाइटेडले २०७६ असारमा १३ करोड नाफा आर्जन गर्न सफल भएको हो । युनाइटेड फाइनान्सको वितरण योग्य नाफा भने ८ करोड रुपैंया रहेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ७.९२ प्रतिशत लाभांश दिन सक्छ ।

एक अर्ब १ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा भने २२ करोड रुपैंयाँ रहेको छ । युनाइटेडले ६ अर्ब ५५ करोड निक्षेप संकलन गरेर ६ अर्ब १९ करोड कर्जा लगानी गरेको छ ।

कम्पनीको सीडी रेसियो ७६.३८ प्रतिशत छ । युनाइटेडको आधार ब्याजदर १२.६९ प्रतिशत रहँदा स्प्रेड दर भने ४.५९ प्रतिशत कायम छ । कम्पनीको प्रति सेयर आम्दानी १५.४ रुपैंयाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement