घुस लिने अर्का इन्जिनियर पक्राउ, भूकम्प पीडितसँग घुस लिएको अभियोग

Advertisement

काठमाडौं । घुस लिएको अभियोगमा एकपछि अर्को इन्जिनियर पक्राउ परिरहेको बेला फेरि अर्का एक जना पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बनेपा नगरपालिका–११ का सबइञ्जिनीयर आकाश श्रेष्ठलाई पक्राउ गरेको हो ।

भूकम्पपीडितको किस्ता निकासीका लागि स्थलगत निरीक्षण प्रतिवेदन तयार पार्ने क्रममा सेवाग्राहीसँग घुस लिएको अभियोगमा उनलाई अख्तियारले पक्राउ गरेको हो । भूकम्पले क्षति भएको घर निर्माणका लागि सरकारले प्रदान गरेको राहतको किस्ता निकासीका लागि सेवाग्राहीसँग रु २५ हजार घुस मागेको अभियोग श्रेष्ठमाथि लागेको छ ।

अख्तियारको टोलीले सबइञ्जिनीयर श्रेष्ठलाई बनेपास्थित दी किचन भान्साघरबाट आइतबार पक्राउ गरेको हो । त्यस्तै, अख्तियारले राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र टेकुका जनस्वास्थ्य अधिकृत रामअवतार गुप्तासमेत दुई जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारका प्रवक्ता प्रदीप कोइरालाका अनुसार बोलपत्रमार्फत स्वास्थ्य सन्देशमूलक विज्ञापन प्रकाशन र प्रसारण गरेबापत एक सेवाग्राहीसँग रु एक लाख घुस मागेको उनीमाथि आरोप लागेको छ । गुप्ताले लिएको घुस डा भक्तबहादुर केसीको समेत मिलेमतो रहेको पाइएको भन्दै अख्तियारले आरोपीद्वयलाई जनही रु एक लाख बराबरको बिगो असुल गरी हदैसम्मको कारवाहीको माग गरिएको जनाएको छ ।

Advertisement

Advertisement