कृषि मन्त्री खनाललाई डेंगु, ग्राण्डी अस्पतालमा उपचार हुँदै

Advertisement

काठमाडौं । कृषि तथा पशुपंछी विकास मन्त्री चक्रपाणि खनाललाई डेंगुको संक्रमण देखिएको छ । डेंगु संक्रमणका कारण ज्वरो बढेपछि मन्त्री खनाललाई बुधबारबाट ग्राण्डी अस्पतालमा भर्ना भएका छन् ।

बुधबार साँझ शुक्रराज अस्पतालले डेंगु संक्रमण पुष्टि गरेपछि थप उपचारका लागि ग्राण्डी अस्पताल भर्ना गरिएको मन्त्री खनालका प्रेस संयोजक बोमलाल गिरीले बताए । मन्त्री खनालको अवस्था अहिले सुधारोन्मुख रहेको उनले जानकारी दिएका छन् ।

Advertisement

Advertisement

Advertisement