नेपाल टेलिकमको संविधान दिवस अफर, एक सय रुपियाँमा ३ जीबी डाटा प्याक

Advertisement

काठमाडौं । नेपाल टेलिकमको संविधान दिवसको अवसरमा एनटिसी ग्राहकलाई लक्षित गरी गरी विशेष अफर ल्याएको छ ।

असोज ३ गते मनाइने संविधान दिवसका असवरमा टेलिकमले एक सय रुपियाँमा ३ जिबी डाटा प्याक अफर ल्याएको हो ।

एनटिसी प्रयोगकर्ताले यो अफर असोज एक देखि १५ गतेसम्म प्रयोग गर्न पाउनेछन् । यसमा हरेक दिन एक जिबी लिन पाइने छ र त्यो तीन दिनसम्म प्रयोग गर्न पाइने टेलिकमले जनाएको छ

Advertisement

Advertisement

Advertisement