अस्तव्यस्त एनआरएन सम्मेलनमा अर्को बेथिति, भोटिङ मेशिनले काम नगरेपछि निर्वाचन स्थगित

Advertisement

काठमाडौँ । अस्तव्यस्त तरिकाले अघि बढेको गैरआवासीय नेपालीहरुको विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनमा अर्को बेथिति सिर्जना भएको छ । भोटिङ मेसिनले काम नगरेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्वको लागि भएको मतदान स्थगित भएको छ ।

मतदान स्थगित भएपछि विश्वभरबाट भेला भएका प्रतिनिधिहरु नाराबाजीमा उत्रिएका छन् । एक जना मतदाताले मतदान गरेपछि मेसिन बिग्रिएको थियो । निर्वाचन कमिटीकाअनुसार मेसिन बनाएर बिहीबार बिहान १० बजेदेखि पुनः मतदान प्रक्रिया अघि बढाइनेछ ।

संघको अध्यक्षसहित ४२ पदका लागि निर्वाचन हुनेछ । सम्मेलनमा भाग लिन ८० मुलुकका दुई हजार चारसय भन्दा बढि प्रतिनिधि काठमाडौंमा जम्मा भएका छन् । संघको अध्यक्षमा लागि कुमार पन्त र कुल आचार्य चुनावी मैदानमा छन्।

Advertisement

Advertisement

Advertisement