तारमुक्त बन्दै काठमाडौं, १५ सडकका तारलाई भूमिगत बनाउने निर्णय

Advertisement

काठमाडौं । काठमाडौंका १५ ठाउँ तार मुक्त बन्ने भएको छ । सरकारले काठमाडौंका कोर शहरका १५ वटा सडकलाई तार मुक्त बनाउने निर्णय गरेको हो ।

मन्त्रीपरिषदले १५ वटा मुल सडकलाई तार मुक्त बनाउने जिम्मेवारी नेपाल दुर सञ्चार प्राधिकरणलाई दिएको छ । प्राधिकरणले आगामी एक वर्षभित्र पोल पोलमा टाँगिएका तारलाई अण्डरग्राउण्ड गराइसक्ने गरि कार्यक्रम अघि बढाएको प्रवक्ता मिन प्रसाद अर्यालले जानकारी दिए । प्राधिकरणले आधा दर्जन सडकका तारलाई अण्डर ग्राउण्ड बनाउने योजना अघि बढाएको थियो । सरकारले त्यसलाई बढाएर १५ वटा मुल सडकलाई तार, पोल मुक्त बनाउन निर्देशन दिएको हो ।

प्राधिरणले टेलिफोन, इन्टरनेट र केलब टेलिभिजनहरुका तारलाई भूमिगत संरचनामा सार्नेछ । थोरै खनेर आधुनिक प्रविधिको उपयोग गरेर तारलाई अण्डर ग्राउण्ड गर्न लागिएको पनि प्रवक्ता अर्यालले बताए ।
यी सडक हुँदैछन तार मुक्त
एयरपोर्ट–कलंकी
एयरपोर्ट–सिनामंगल पुतलिसडक,
सिहंदरबार–थापागाउँ–बानेश्वर
भित्रुपरेश्वर–रत्नपार्क–महाराजगञ्ज
सिंहदरबार–पुतलीसडक–बालुवाटार
रत्नपार्क–माइतीघर–बानेश्वर–कोटेश्वर
रत्नपार्क–त्रिपुरेश्वर–कलंकी
रत्नपार्क–माइतीघर–जावलाखेल
रत्नपार्क–लैनचौर–बालाजु

Advertisement

Advertisement

Advertisement