काठमाडौं । भारतीय लगानीमा हेटौंडामा पोलिटेक्निक परियोजनाको निर्माण कार्य सुरु गरिएको छ । भारतको ६१ करोड ६४ लाख अनुदान सहयोगमा निर्माण हुने यस पोलिटेक्निकको प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरे ।
व्यवसायिक तालिमको क्षेत्रमा अत्याधुनिक पूर्वाधार परियोजनाको रुपमा रहने जनाइएको यस पोलिटेक्निक परियोजना टेलेकम्युनिकेशन कन्सल्ट्यान्ट्स इण्डिया लिमिटेडले निर्माण गर्नेछ । कूल ३२ एकड भन्दा बढी क्षेत्रफलमा रहने यस पोलिटेक्निकमा प्रशासनिक भवन, प्राज्ञिक भवन, सभाहल, पुस्तकालय, कार्यशाला एवं बहुउद्देशीय हल, छात्र–छात्राका लागि छुट्टै होस्टल, प्रधानाध्यापक तथा कर्मचारीका लागि आवासीय भवनका साथै खेलकुल तथा समुदायका लागि विभिन्न सुविधाको व्यवस्था रहने छ ।
यस परियोजना आगामी दुई वर्षभित्रमा सम्पन्न हुने अपेक्षा गरिएको भारतीय दूतावासले जनाएको छ ।