भारतसँग सीमा विवाद चर्किएपछि छलफलमा यसरी जुटे दलहरु (फोटो फिचर)

Advertisement

काठमाडौं । नेपाली भूमिलाई भागेर भारतले आफ्नो नयाँ नक्सा जारी गरेसँगै मुलुकभर विरोध चर्किएपछि दलहरु यस विषयमा छलफल गर्न जुटेका छन् ।

प्रधानमन्त्री केपी ओलीले सीमा विवादबारे छलफल गर्न शनिबार बालुवाटारमा बैठक बोलाएका हुन् । बैठकमा प्रमुख दलका नेता, पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्र मन्त्री, विज्ञसमेतलाई आमन्त्रण गरिएको छ ।

बालुवाटारमा ४ बजे बोलाएको सर्वदलीय बैठकअघि सरकार पक्ष र प्रमुख प्रतिपक्षबीच प्रधानमन्त्री निवासमा गोप्य बैठक बसेर मात्र सर्वदलीय बैठकमा सहभागी भएका छन् ।

आफ्नो सरकारी निवासबाट प्रधानमन्त्री ओली हिंड्दै झण्डै दुइ सय मिटर पर रहेको सभा हल आएका थिए । त्यसको १० मिनेटपछि पुष्पकमल दाहाल प्रचन्ड र रामचन्द्र पौडेल सोही स्थानबाट आएका थिए भने अन्तिममा शेरवहादुर देउवा आएका थिए । बैठक सुरु हुन साथ परराष्ट्र मन्त्रीले भारतले एक पक्षीयरुपमा नक्सा बाहिर ल्याएको र सडकमा आन्दोलन सुरु भइसकेको अवस्थमा अब कसरी सबै मिलेर यसको समाधान गर्ने ? भन्ने साझा धारणा बनाउन सकिन्छ भनेर बैठक बोलाएको जानकारी गराएका थिए । केही तस्विरहरु । तस्विर स्रोतः द्धारिका काफ्ले

[caption id="attachment_149026" align="alignnone" width="900"] [/caption]





































Advertisement

Advertisement

Advertisement