Advertisement

काठमाडौंः नक्कली सरकारी कागजात, शैक्षिक प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र, नेपाली सेनाको परिचयपत्र बनाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सुचनाका आधारमा गिरोहलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । उक्त गिरोहले यस्ता अवैध कागजपत्रहरु बनाई सर्वसाधारणबा...

ललितपुरः लागुऔषध बोकेर हिँडेको अवस्थामा प्रहरीले स्थानीय तिखिदेवलबाट ललितपुर महानगरपालिका–१४ बस्ने प्रवेश ढुंगाना र विक्रम खड्कालाई पक्राउ गरेको छ । लागुऔषधको कारोवार भइरहेको सूचनाका आधारमा कात्तिक १७ गते सिल्ड एण्ड सर्च अप्रेसनमा खटिएको प्रहरीले उक्त स्थानमा रहेको ब...

लमजुङः प्रहरीले लमजुङमा सुन सहित एक युवकलाई पक्राउ गरेको छ । करिब १७ किलोको उक्त सुन मोटरसाइकलमा लुकाएर ल्याउदै गरेका ती युवावलाई प्रहरीले मस्र्याङ्दी गाँउपालिकाबाट प्रक्राउ गरेको हो । सुनलाई झोलामा बोकेर मोटरसाइकलमा आइरहेका उनी चेकिङका क्रममा पक्राउ परेका हुन । ...

नेपालगन्ज: यहाँ सञ्चालित शुभारम्भ बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक बचतकर्ताको रकम नदिएर सम्पर्कविहीन भएका छन् । महिनौंदेखि बचतकर्ताले सो सहकारीसँग बचत रकम माग गर्दै आएकामा भोलि/भोलि भन्दै टार्दै आएका सञ्चालक तीन दिनदेखि सम्पर्कविहीन भएपछि संस्थामा कार्यरत कर्म...

काठमाडौंः राजधानीको कमलादीमा बुधबार साँझ गोली चलेको छ । कमलादीस्थित हेरिटेज प्लाजामा रहेको होटलमा गोली चलेको प्रहरीले जानकारी दिएको छ । गोली चले लगत्तै पुगेको प्रहरीले दुर्इ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भारतको लुदियानाका गगनदीप सिंह र जसबिन सिंह ...

काठमाडौं: ठगी आरोपमा दरबारमार्गका आठ ब्राण्डेड पसलका सञ्चालक पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसरले उनीहरुलाई हिजो पक्राउ गरेको हो । प्रहरी परिषरका प्रमुख रबिन्द्र धानुकका अनुसार पक्राउ पर्नेहरूमा वाच एण्ड सीका राजेश्वर श्रेष्ठ, तिरुपति प्रालिका नन्दन बिहानी, लेवल स्ट...

पर्साः म्यादी प्रहरीमा जागिर लगाइदिने भन्दै सर्वसाधारणसँग रकम ठगी गर्ने तीनजनालाई पर्सा प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । वीरगन्जको मुर्ली बगैँचास्थित रातो बंगलाबाट सोमबार साँझ विभिन्न कागजपत्र तथा नगदसहित पक्राउ गरेका तीनैजना अभियुक्तलाई पर्सा प्रहरीले मंग...

काठमाडौँ: एनआइसी एशियाबाट चोरिएको अधिकांश रकम फिर्ता भइसकेको छ । नेपाल राष्ट्र बैंकका अनुसार विदेशी बैंकमा पठाइएको रकम फिर्ता हुने भएको छ । बैंकको कारोबार प्रणालीमा ह्याक गरी तिहारमा एनआइसी एशिया बैंकबाट रु ३१ करोड रकम स्थानान्तरण गर्न लागिएको थियो । राष्ट्र बै...

नेपालगञ्ज: भन्सार छली नेपालगञ्ज भित्र्याइएको ठूलो रकमको विद्युतीय (इलेक्ट्रोनिक्स) उपकरण प्रहरीले यहाँ बरामद गरेको छ । संघीय प्रहरी इकाइ कार्यालय नेपागञ्जबाट खटिएको प्रहरीे टोलीले बरामद गरेको उपकरणमा रु ३० लाख मूल्य बराबरका विद्युतीय मेसिन, पार्टस्सहित भारतीय नम्बर प्लेट...

काठमाडौंः इजाजतविना बिटक्वाइनको खरिद बिक्री गरेको भन्द्र प्रहरीले बिटक्वाइन डटकमका सञ्चालकहरु पक्राउ गरेको छ । बिटसेवा प्रालि नामक कम्पनी दर्ता गरे पनि नेपाल राष्ट्र बैंकबाट त्यसका लागि इजाजत नलिइ कारोबार गरिएकाले पक्राउ गरिएको जनाइएको छ । प्रहरीका अनुसार राष्ट्र बैंक ...

चरीकोटः दोलखाको बिगु गाउँपालिका–१ जगतमा कात्तिक १ गते फुटबल खेलको निहुँमा दुई युवा पक्षबीच भएको झडपमा गम्भीर घाइते भएका २८ वर्षीय सरोजध्वज कार्की मृत्यु भएको छ । कार्कीको काठमाडाँैको ट्रमा सेन्टरमा उपचार भइरहेको थियो । कार्कीको शुक्रबार १० दिनपछि उपचारका क्रममा नि...

काठमाडौंः बैंकको कारोबार प्रणालीमा ह्याक गरी एनआइसी एसियाबाट विदेशी बैंकमा पठाइएको रकम फिर्ता हुने क्रममा रहेको जनाइएको छ । नेपाल राष्ट्र बैंकका अनुसार तिहारमा एनआइसी एसिया बैंकबाट स्थानान्तरण (ह्याक) भएको ४० करोड रुपियाँ भन्दा बढी रकम फिर्ता हुने क्रममा रहेको हो ...

काठमाडौँ: विदेशी ह्याकरहरुले नेपालका वाणिज्य बैंकहरुलाई निसाना बनाउन थालेको समाचार बाहिर आइरहेको बेला मुलुककै प्रतिष्ठित बैंक एनआईसी एसियाको ३० करोड रुपियाँ ह्याक गरेको रहस्य बाहिर आएको छ । लक्ष्मी पूजाको दिन बेलुकि बैंक बन्द गर्दा मुलुकभरकै शाखाको अवस्था दुरुस्त...

काठमाडौँ: भारतीय सेनामा भर्ना गराउन सहयोगी बनेका पुर्व सैनिकसंग १० लाख रुपियाँ उठाउन खोज्दा नेपाल प्रहरीका डिएसपीसहित ४ जना प्रहरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा पुगेका छन् । भारतीय सेनाको सहयोगमा भारतीइ सनोमा भर्ना हुन स्वास्थ्य परीक्षण पास गरेकाहरुक...

काठमाडौँ: ८८ केजी सुन तस्करीको अभियोगमा नेपाल कांग्रेसका नेता तथा नेपाल चीन केरुङ ब्यापार संघका अध्यक्ष मानबहादुर तामाङ पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले तामाङलाई स्वयम्भुबाट पक्राउ गरेको हो । उनी रसुवाबाट नेपाली कांग्रेसको कोटाबाट आगामी ...

काठमाडौं : पाँच लाख घुस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) नविनकृष्ण भण्डारीलाई तानेको छ। घुससहित पक्राउ भएका बालाजु प्रहरीको घुमुवा प्रहरी सहायक निरीक्षक (असई) चन्द्रसिंह भाटले अख्तियारसँगको...

गौशाला: प्रहरीले  पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिबासमा १५ किलो गाँजासहित आईतबार बिहान तीन जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलका अनुसार बर्दिबास–५ स्थित सडकमा एक रात्रिसेवा बसबाट १४ किलो ८४०...

सिरहाः काठमाडौंमा निर्माण व्यावसायीको हत्या भएको २४ घण्टा नबित्दै सिरहामा अर्को हत्या भएको छ । कर्जन्हा नगरपालिका ३८ बर्षीय नेकपा एमालेको स्थाानीय नेता शशिभूषण साहको हत्या भएको हो । घरमा सुतिरहेका साहको घाँटी रेटेर अज्ञात समूहले हत्या गरेको सिरहा प्रहरीले जनाएको छ । ...

काठमाडौं: युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीलाई गत पुसमा गोली हानी हत्या गरेको आरोपमा पक्राउ परेका नौजना पुर्पक्षका लागि अहिले पनि जेलमा छन् । माघमा पक्राउ परेलगत्तै उनीहरुले प्रहरीलाई सूचना दिएका थिए, ‘मनोज पुन नेतृत्वमा रहेको हाम्रो समूहले अब काठमाडौं ताक्...

काठमाडौँ: काठमाडौँको मुटु मानिएको बानेश्वोर र शान्तिनगर नजिक अज्ञात समूहले निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनमाथि गोलि प्रहरी गरिएको छ । काठमाडौँ प्रहरी परिसरका अनुसार गोलि ॐ शान्ति चोकनजिकै करिव सवा तीन बजे मोटरसाइकल सवार दुई जनाले गौचनमाथि चलाएका थि...

काँकडभिट्टा: जीवन विष्ट अपरहण काण्डका मुख्य योजनाकार रहेका पत्रकार पुजन घिमिरे पाँच महिनापछि पक्राउ परेका छन् । झापाको विर्तामोडमा रहेको विष्टको करोडौंँ मूल्य पर्ने जग्गा हडप्नका लागि अपहरणको योजना बनाएका घिमिरे हिजो अदालतमा उपस्थित भएपछि पक्राउ गरिएको हो । अदालतमा...

बनियानी, झापा: ‘कृषि अनुदान उपलब्ध गराइदिन्छु’ भन्दै एक जनाले कृषकबाट रु २० लाखभन्दा बढी ठगी गरेकोे छ । इलाम घर बताउने विनोद राईले डेनमार्क सरकारबाट प्राप्त कृषि अनुदानको प्रलोभन देखाएर रोङ गाउँपालिका र सूर्योदय नगरपालिकाका २८ जना कृषकबाट उक्त रकम ठगी गरेको इला...

काठमाडौंः विश्वव्यापीरुपमा डिजिटल भुक्तानीमा प्रयोग हुँदै आएको विटक्वाइनसहित सातजनालाई प्रहरीले पक्राउ गरेको छ । विटक्वाइन र ग्राभिटी क्वाइनको नामबाट परिचित यस्ता क्रिप्टोकरेन्सीको कारोबार नेपालमा प्रतिवन्धित छ । अनलाइनमार्फत जुवा खेल्नदेखि अवैध कारोबारमा बढी प्रयोग हुन...

काठमाडौँ: कैलालीका धनगढी, अत्तरिया, वलिया, चिसापानीलगायतका ठाउँमा खेलाइरहेको जुवाको खालबाट दुईदेखि चार लाख रुपियाँ लिने प्रहरीलाई छानबिन गरेर कारबाही गर्न अञ्चल प्रहरी कार्यालयले निर्देशन दिएको छ । वरिष्ठ प्रहरी उपरीक्षक दानबहादुर बोहराले जिल्ला प्रहरी कार्यालय प्र...

इटहरी: धरान उपमहानगरपालिकास्थित नेपाल बैंकमा सुनलगायतका वस्तु धितो राखेर कर्जा लिने ऋणी र बैंकमा कार्यरत कर्मचारीसहित १३ जनालाई पक्राउ गरिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो र धरान प्रहरीको संयुक्त टोलीले बैंक कारोबारमा रु १५ करोड भन्दा बढीको ठगी गरेको उजुरीको आधार...