दरबारमार्गका आठ ब्राण्डेड पसलका फरार सञ्चालक पक्राउ

Advertisement

काठमाडौं: ठगी आरोपमा दरबारमार्गका आठ ब्राण्डेड पसलका सञ्चालक पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसरले उनीहरुलाई हिजो पक्राउ गरेको हो ।

प्रहरी परिषरका प्रमुख रबिन्द्र धानुकका अनुसार पक्राउ पर्नेहरूमा वाच एण्ड सीका राजेश्वर श्रेष्ठ, तिरुपति प्रालिका नन्दन बिहानी, लेवल स्टोलका दितेन्द्र महर्जन र सुवास महर्जनका साथै एडभेञ्चर आउटडोरका रोशन ओडारी, लाइफ स्टाइल प्रालिका श्रीकृष्ण महर्जन, एभिन्यू मार्केटिङका उत्तमकुमार बस्नेत, प्लेटिनियम ट्रेड कन्सनका प्रविन झा र बेन्टलीका तुलसीधर भण्डारी रहेका छन् ।

भदौको तेस्रो साता आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले उपभोक्ता ठगेको भन्दै न्यूरोडका दुईसहित दरबारमार्गका १३ व्यवसायीमाथि अनुसन्धान गरी कारवाही प्रक्रिया अघि बढाउन दशैं अगाडि नै प्रहरी परिसर टेकुलाई जिम्मा लगाएको थियो ।

व्यापारीहरु फरार रहेको समयमा नै शिलबन्दी गरिएका पसलहरुलाई विभागले खोल्न अनुमति दिएको थियो ।

हाल उनीहरूविरुद्ध कालोबजारी ऐनअन्तर्गत मुद्दा दर्ता भइसकेको छ भने अब म्याद थपेर अदालतमा लैजाने तयारी भएको छ, प्रमुख धानुकले बताए ।

 

Advertisement

Advertisement

Advertisement