फुटबल खेलको निहुँमा झडप, एकको मृत्यु

Advertisement

चरीकोटः दोलखाको बिगु गाउँपालिका–१ जगतमा कात्तिक १ गते फुटबल खेलको निहुँमा दुई युवा पक्षबीच भएको झडपमा गम्भीर घाइते भएका २८ वर्षीय सरोजध्वज कार्की मृत्यु भएको छ ।

कार्कीको काठमाडाँैको ट्रमा सेन्टरमा उपचार भइरहेको थियो । कार्कीको शुक्रबार १० दिनपछि उपचारका क्रममा निधन भएको हो । घटनामा संलग्नमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए ।

कार्कीको हत्यामा संलग्न बिगु गाउँपालिका–२ ओराङका २८ वर्षीय विमल आचार्य र २२ वर्षीय महेश्वर आचार्यलाई पक्राउ गरिएको छ ।

Advertisement

Advertisement

Advertisement