सजिलो मर्मतले प्राबिधिकहरुका लागि ल्यायो ‘कोभिड रिलिफ फन्ड’

Advertisement

काठमाडौँ । दैनिक ज्यालादारीमा काम गर्ने मजदुरको ठूलो संख्याले लकडाउन अवधिमा निकै कष्ट झेल्नु पर्‍यो । यसबीच सजिलो मर्मत सेवा (एसएमएस)ले ‘एसएमएस कोभिड रिलिफ फन्ड’ मार्फत् आफ्ना साझेदार प्राविधिक एवम् मिस्त्रीहरूलाई सहयोग गर्ने  गरेको छ । 

सजिलो मर्मत सेवासँगको सहकार्यमा हाल जम्मा ६५ जना प्राविधिकले काम गर्दै आएका छन् । लकडाउनका कारण उनीहरूलाई दैनिक गुजारा टार्न मुस्किल परेको थियो ।  सोही अप्ठ्यारो अवस्थालाई मध्यनजर गर्दै एसएमएस रिलिफ फन्ड सुरु गरिएको हो । सजिलो मर्मत सेवासँग जोडिएका प्राविधिकहरूलाई कोभिड–१९ महामारीसँग जुध्न सघाउनु रिलिफ फन्डको लक्ष्य हो । आर्थिक सहायताको आवश्यकता परेका प्राविधिकलाई सहयोग गर्नु यसको प्रमुख उदेश्य हो ।  
 
एसएमएसले अप्ठ्यारोमा परेका प्राविधिकहरूलाई बिनाधितो र बिनाब्याजदर ऋण प्रदान गर्नेछ । कोभिड–१९ भाइरसबारे पर्याप्त जानकारी दिएर उनीहरूलाई काममा फर्काउनका लागि पनि रिलिफ फन्ड प्रयोग गरिनेछ ।  
    
प्राविधिक र ग्राहक दुवैको स्वास्थ सुरक्षालाई ध्यानमा राख्नुका साथै स्वास्थ सुरक्षा मापदण्ड अपनाएर यस कम्पनीले काममा फर्किने सबै प्राविधिकहरूलाई पर्सनल प्रोटेक्टिभ इक्विप्मेन्ट ९पीपीई० उपलब्ध गराएको छ। साथै, कोभिड–१९ बारे पर्याप्त जानकारी दिन र कसरी लो कन्ट्याक्ट सर्भिस (न्यून जनसम्पर्क सेवा) उपलब्ध गराउन सकिन्छ भन्नेबारे बुझाउन एसएमएसले प्राविधिकहरूलाई तालिमसमेत दिँदै आएको छ । 

Advertisement

कम्पनीले आफूसँग आबद्ध ६५ जना प्राविधिकको बीमा गरिदिएको छ । उनीहरू सबैलाई पीपीई वितरण गरिएको थियो, जसमा मास्क, पञ्जा, चस्मा, स्यानिटाइजर र किटनाशक समेटिएका थिए । 
सजिलो मर्मत सेवाले रिलिफ फन्डका लागि एक लाख रुपैयाँ प्रदान गरेको छ भने जमर्नीका फ्रान्जिस्का डाइटेलले नेतृत्व गरेको माइन्डग्रोथ नामक संस्थाले पनि कोष विस्तारका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । 

के हो त सजिलो मर्मत सेवा ?
घरायसी तथा व्यापारिक संस्थाका भवनको मर्मत–सम्भारलाई आवश्यक सम्पूर्ण मिस्त्री–सेवा उपलब्ध गराउने संस्था हो, सजिलो मर्मत सेवा प्राली । यसले आफ्ना दक्ष प्राविधिकमार्फत् सेवा–सुविधा दिने गरेको छ । नेपालको सर्वाधिक ठूलो सेवाप्रदायक इकाई बन्ने यसको लक्ष्य छ ।

Advertisement

Advertisement