एक्सेल डेभलपमेन्ट बैंकले सार्वजनिक गर्यो ५ प्रकारका नयाँ कर्जा योजना, ब्याजदर कति ?

Advertisement

काठमाडौँ । एक्सेल डेभलपमेन्ट बैंकले ५ प्रकारका नयां कर्जा योजनाहरु सार्वजनिक गरेको छ । केन्द्रीय कार्यालय विर्तामोड झापामा रहेको बैंकले आज पत्रकार सम्मेलन गरी कर्जा योजना सार्वजनिक गरेको हो । 

घरायसी प्रयोजनका सामाग्री कर्जा 
बढ्दो शहरीकरण तथा प्रविधिको विकास संगसगै नयां विशेषताहरुसहितको बस्तु तथा सेवाहरु बजारमा उपलव्ध हुदै गएको सन्दर्भमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण घरमै बसी प्रविधिको सहयोगले आफ्नो अध्ययन, कार्यालयको काम, पेशा व्यवसाय सम्बन्धी कामहरु सम्पादन गर्न तथा कोरोनाका कारण शैक्षिक संस्थाहरु वन्द रहेको र विद्यार्थीहरुको सिकाइको निरन्तरताकालागि अनलाइन माध्यमवाट शैक्षिक कृयाकलापहरुलाई वढाईएको परिस्थितिकाकारण आफ्ना वच्चावच्चीहरुको शैक्षिक कृयाकलापको निरन्तरताकालागि कम्प्युटर, ल्यापटप, मोवाइलहरुको वढदो माग/आवश्यकता तथा सार्वजनिक यातायातको प्रयोग गरी यात्रा गर्दा कोराना भाईरस सर्न सक्ने सम्भावना वढी भएका कारण आवतजावतको  सहजता र सम्भाव्य रोगवाट वच्न आफ्नो सवारी साधन (स्कुटर, मोटरसाईकल आदी लगायतका दुई चक्का भएको सवारी साधन) को वढ्दो प्रयोग÷मागलाई मध्यनजर गरि कर्जा सहजताकालागि सहुलियतपूर्ण, सहज तरिकाले छोटो समयमा कर्जा उपलव्धता हुने गरी नियमित आम्दानीका स्रोत भएका न्युनतम २२ वर्ष उमेर पुगेका नेपाली नागरिकहरुलाई उनीहरुको उमेर, बसोबास स्तर, मासिक आय, बैकल्पिक आयस्रोत, पेशा व्यवसाय, कर्जा उपभोगको स्तर लगायतका सुचकांकहरुको रेटिङका आधारमा व्यक्तिगत जमानतमा न्युनतम रु २५ हजार देखि अधिकतम रु १ लाख ५० हजारसम्म उपलव्ध हुने गरि कन्जुमर प्रोडक्टहरुमा १ वर्ष अवधिको मासिक समदर किस्ता र दुई चक्के सवारी साधनमा २ वर्ष अवधिको मासिक समदर किस्तामा कर्जा भुक्तानी गर्न सकिने नयां कर्जा योजना ल्याईएको हो ।

Advertisement

शिक्षा कर्जा 
१८ देखि ४० वर्ष उमेर समुहका नेपाली नागरिकहरुलाई विदेशमात्रै नभई स्वदेशमै अध्ययनलाई प्रोत्साहित गर्ने, स्वदेशमै गुणस्तरिय शिक्षा लिन सकिने हुंदाहुंदै अतिरिक्त आम्दानीकालागि शिक्षाको नाममा विदेशिने प्रवृत्तिलाई निरुत्साहित गर्दै विदशी मुद्रा खर्चमा कमी ल्याउन सानो भएपनि मद्दत पुगोस भन्ने हेतु स्नातक, स्नातकोत्तर वा सोभन्दा माथिको तहमा अध्ययनकालागि लाग्ने प्रवेश शुल्क, मासिक शुल्क, परीक्षा शुल्क, विमा शुल्क, यातायात तथा आवास खर्च आदि लागतको भुक्तानी तालिकाको आधारमा फेजवाइज कर्जा उपलव्ध गराउने गरी घरजग्गा तथा मुद्दति रसिद धितो सुरक्षणमा नेपाल तथा सार्क राष्ट्रहरुमा अध्ययनकालािग अधिकतम रु ३० लाखसम्म र अन्य देशहरुमा अध्ययनका लागि अधिकतम रु ५० लाखसम्म उपलव्ध हुने र उक्त कर्जा अधिकतम १६ वर्ष अवधिमध्ये अध्ययन अवधी अधिकतम ६ वर्ष ग्रेस अवधि रहने (ग्रेस अवधिमा व्याज मात्र भुक्तानी गर्नुपर्ने) गरि मासिक समदर किस्ता भुक्तानी गर्न सकिने नयां कर्जा योजना ल्याईएको हो । 

पेसागत कर्जा 
२५ देखि ५८ वर्ष उमेर समुहका विभिन्न पेशा व्यवसायमा संलग्न नेपाली नागरिकहरु तथा ६५ वर्षसम्म उमेर भएका ख्यातिप्राप्त विदेशी गैरसरकारी संस्था, राजदुतावासमा कार्यरत तथा आफ्नै पेशा व्यवसाय भएका डाक्टर, इन्जिनियर, लेखापरीक्षकहरुलाई उनीहरुको व्यक्तिगत आवश्यकताहरु परिपुर्तिका लागि व्यक्तिगत जमानतमा न्युनतम रु १ लाख देखि अधिकतम रु १५ लाखसम्म (अधिकतम रु ५ लाखसम्म रिभल्विंग सुविधा भएको) अधिकतम ५ वर्ष अवधिको मासिक समदर किस्तामा भुक्तानी गर्न सकिने (रिभल्विंग कर्जाको मासिक व्याज मात्र भुक्तानी) कर्जा योजना ल्याईएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

साना तथा मझौला उद्यम कर्जा 
नेपाल सरकारका विभिन्न निकायहरुमा दर्ता भएका एकलौटी फर्म, साझेदार फर्म, प्रा.लि., कम्पनीहरुलाई साविकको तथा नयां व्यवसाय संचालनका लागि आवश्यक चालुपूजीं तथा स्थायी प्रकृतिको खर्च व्यवस्थापनका लागि कोषमा आधारित रिभल्विंग तथा आवधिक कर्जा (घरजग्गा तथा स्थायी सम्पत्ति धितो सुरक्षणमा) र गैर कोषमा आधारित कर्जा सुविधाहरु रु १० लाख भन्दा वढी अधिकतम रु १ करोडसम्म रिभल्विंग कर्जा तथा आवधिक कर्जा योजना ल्याईएको बैंकले जनाएको छ । 

सवारी साधन कर्जा 
व्यक्तिगत प्रयोजनको लागी सवारी साधन खरिद गर्न सवारी साधनको मूल्यको अधिकतम ५० प्रतिशत (संस्थाको प्रयोजनको हकमा ७० प्रतिशत सम्म) र व्यक्तिगत विद्युतिय सवारी साधनको हकमा ८० प्रतिशतसम्म लगानी हुने गरी र हाल कोभिड १९ को असहज अवस्थाको कारणले शुरुको १ वर्ष ब्याज मात्र भुक्तानी गरे पुग्ने व्यवस्था गरी नयां कर्जा योजना ल्याईएको हो ।

यी योजनाका अतिरिक्त साविक देखिनै प्रदान गरिंदै आएको आवाश कर्जा योजनामा समेत निर्माण खर्चको शत प्रतिशत सम्म र कोरोनाको प्रभावकाकारण एक वर्षसम्म सांवा भुक्तानी गर्नु नपर्ने सुविधा सहित ८.९९ प्रतिशत वार्षिक व्याजदरमा नै आवास कर्जा उपलव्ध हुने बैंकले जनाएको छ । 
 

Advertisement

Advertisement