पार्टी चाँडै फुट्नसक्छ, मानसिकरुपमा तयार भएर बस्नुहोलाः प्रचण्ड

Advertisement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी चाँडै फुट्नसक्ने भन्दै मानसिकरुपमा तयार भएर बस्न सुझाव दिएका छन् । 

आफ्नो गुटका नेता तथा आफूनिकट मिडियाकर्मीहरुको भेला गरेर प्रचण्डले यस्तो सुझाव दिएका छन् । उनले राजनीतिक परिस्थिति आफूहरुले सोचेजस्तो हुन नसकेको बताउँदै कुनै पनि बेला कठोर निर्णय हुनसक्ने औंल्याएका छन् । 

Advertisement

प्रचण्डले आफूहरुलाई एक्लाउने प्रयास भइरहेको बताउँदै यस्तो परिस्थितिमा पार्टी एक भइरहन नसक्ने बताएका हुन् । उनले पार्टीलाई एकतावद्ध र बलिलो बनाउने आफ्नो प्रयास सफल हुन नदिन खोजिएको गुनासो गरेको भेलामा सहभागीहरुले बताएका छन् । 

अर्का अध्यक्ष केपी ओलीको कार्यशैलीको चर्को आलोचना गरेका प्रचण्डले नेता वामदेव गौतमबाट समेत धाका पाएका बताएका छन् । गौतमले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा आफ्ना विश्वासपात्र सुशील भट्टलाई नियुक्त गर्न प्रधानमन्त्री केपी ओली तयार भएपछि गुट परिवर्तन गरेका थिए । 

नेता प्रचण्डले पूर्वमाओवादीलाई तान्ने र एक्लाउने शैलीमा पूर्वएमालेहरुबबाट काम भइरहेको भन्दै ओलीले पार्टीको निर्णय समेत नमान्दा समस्या झन जटिल बनेको बताए । ओलीले नै पार्टी फुटाउन एमाले नामको पार्टी दर्ता गर्नेदेखि पार्टी निर्देशनलाई उपेक्षा गर्ने काम गरेको उनको गुनासो छ । 

Advertisement

Advertisement