युनाइटेड इदी–मर्दी एण्ड आरबि हाइड्रोपावरको आइपीओ असोज ७ देखि, भर्ने की नभर्ने ?

Advertisement

काठमाडौं । युनाइटेड इदी–मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडको आइपीओ असोज ७ गतेदेखि निष्काशन हुने भएको छ । कम्पनीले शुक्रबार आव्हान पत्र सार्वजनिक गर्दै ४ करोड २० लाख मूल्य बराबरका ४ लाख २० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने जानकाी दिएको हो । 

कम्पनीको आइपीओमा न्युनतम १० कित्तादेखि १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । छिटोमा असोज २१ गते निष्काशन बन्द हुनेछ भने ढिलोमा कात्तिक ६ गते बन्द हुनेछ । 
कम्पनीको बिक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भएको छ ।  युनाइटेड इदी–मर्दी एण्ड आरबि हाइड्रोपावरको आइपीओलाई केयर रेटिङबाट बीबी प्लस रेटिङ पाएको छ । 

कम्पनीले ७ मेगावाटको माथिल्लो मर्दि खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । प्रति मेगावाट उत्पादन लागत २० करोड ३९ लाख ७६ हजार एक सय ४२ रुपैयाँ रहेको छ । कम्पनीले पे ब्याक पिरियड ८.०९ वर्ष रहेको जनाएको छ । 
 

Advertisement

Advertisement

Advertisement