दुई हजार २० जना कोरोना संक्रमित थपिए, उपत्यकामै ८५९

Advertisement

काठमाडौँ । दुई हजार २० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजित नियमित प्रेस ब्रिफिङमा उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । आज थपिएकासहित कूल कोरोना संक्रमितको संख्या ६१ हजार ५ सय ९३ पुगेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आजै कोरोना निको भएर ८ सय ७१ जना घर फर्केका छन्, हालसम्म कोरोना निको हुनेको संख्या ४३ हजार ८ सय २० पुगेको छ । संक्रमण पुष्टी भएका मध्ये अझै १७ हजार ३ सय ८३ सक्रिय संक्रमित रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । 

Advertisement

आजैमात्र कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ । हालसम्म ३ सय ९० जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । 

यस्तै आज थपिएका कोरोना संक्रमित मध्ये काठमाडौँ उपत्यकाका ८ सय ५९ जना छन् । ती मध्ये काठमाडौँका ६ सय ९८, भक्तपुरका ८२ र ललितपुरका ७९ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए । 

Advertisement

Advertisement