सुनचाँदीको मूल्य घट्यो, बजार भाउ तोलाको कति पुग्यो ?

Advertisement

काठमाडौँ । साताको पहिलो दिन आज सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ६ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रुपियाँ, तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ५० रुपियाँ निर्धारण गरिएको छ । 

Advertisement

गत साताको शुक्रबार भने छापावाल सुन प्रतितोला ९३ हजार ९ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९३ हजार ४ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार १ सय ६० रुपियाँमा कारोबार भएको थियो ।  

विश्व बजारमा आज सुनचाँदीको मूल्य ओरालो लागेकाले त्यसैको प्रभाव नेपाली बजारमा परेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement