बरदान अनलाइन स्टोरको दशैं उत्सव, उपहारमा खसी र रिसोर्टको प्याकेज

Advertisement

काठमाडौं । लकडाउनमै सुरु गरि पोखरा र चितवनमा होम डेलिभरी गर्दै आएको ई कमर्स बरदान अनलाइन स्टोरले नेपालीहरुको महान चाड बडादशैँको अवसरमा 'बरदान दशैं उत्सव' कार्यक्रम सुरु गरेको छ । असोज ११ गतेदेखि कार्तिक ६ गतेसम्म चल्ने उत्सवमा ग्राहकले ३० प्रतिशतसम्म छुट र विभिन्न पुरस्कारहरु प्राप्त गर्ने बताइएको छ।

एक हजार रुपैंया भन्दा बढी सामान खरिदकर्तालाई स्टोरले अर्डरकोड उपलब्ध गराउने र त्यसै कोडमार्फत लक्की ड्रमार्फत विजेता छनोट गरिने कार्यकारी प्रमुख सञ्जीव पौडेलले जानकारी दिए । लक्की ड्रबाट उपहार जित्नेलाई खसी, चितवनको बाराही जंगल रिसोर्टको तर्फबाट २ दिन १ रातको कपल स्टे वीथ डिन्नर, सराङकोट माउण्टेन लजमा २ दिन १ रातको कपल स्टे वीथ डिनर र  पाँच हजार रुपैंया बराबरको ब्यञ्जन रेष्टुरेन्टमा फुड कुपन प्राप्त गर्ने पौडेलले बताए ।

Advertisement

यस बाहेक बरदान दशैँ उत्सवको उपहारमा ५० जनाले हरेक हप्ता ५ सय रुपैंया बराबरको बरदान अनलाइन स्टोरको गिफ्ट भौचर पाउनेछन् । दशैं उत्सवको समाप्तिपछि दोस्रो ठूलो चाड तिहारको अवसरमा पनि अर्को अफरका साथ कार्यक्रम गरिने कार्यकारी प्रमुख पौडेलले जनाए ।

स्टोरका प्रबन्ध निर्देशक वैभव पौडेलले कोरोना महामारीका बीच नेपालीको महान चाडको अवसरमा ग्राहकको जीवनमा खुशी ल्याउन उत्सव ल्याएको बताए। उनले भने, ‘दशैंका बेलामा आशा थप्नका लागि आकर्षक पुरस्कार लिएर आएका हौं ।’

बरदानमा सपिङ गर्न आधिकारिक वेबसाइटमा आफूले चाहेको सामान अर्डर गर्न सकिन्छ । साथै, ९८०२८४११२२ मा फोन गरेर पनि अर्डर टिपाउन सकिन्छ । ग्राहकलाई अझै सजिलो होस् भनेर वरदानको आफ्नै मोबाइल एप पनि छिट्टै आउने निर्देशक पौडेलले बताए ।

Advertisement

Advertisement