आधा घण्टाभित्र कोरोनाको जाँच गर्न सकिने प्रविधि आउँदै, रु. छ सय मात्रै शुल्कले पुग्ने

Advertisement

बीबीसी । कोरोना भाइरस (कोभिड १९) परीक्षणको नजिता छिटो दिने प्रविधि उत्पादनका लागि विश्व स्वास्थ्य संगठनले उत्पादकहरुसँग सम्झौता गरेको छ । विद्यमान परीक्षण प्रविधिमा रिपोर्ट आउन लामो समय लाग्दा मानिसहरुले धेरै सास्ती भोग्नु परेको सन्दर्भमा छिटो नजिता आउने प्रविधि उत्पादन गर्न संगठनले उत्पादकहरुसँग सम्झौता गरेको हो । 

समाचारअनुसार यसरी उत्पादन हुने नयाँ परीक्षण प्रविधिहरुबाट कोरोना परीक्षण गर्दा बढिमा पाँच अमेरिकी डलर (करिव छ सय रुपियाँ) शुल्क तिरे पुग्ने छ । यसले न्यून र मध्यम आय भएका मानिसहरुलाई राहत पुग्ने विश्व स्वास्थ्य संगठनको विश्वास छ । विश्व बजारमा छ महिनाभित्र ल्याउन गरी उत्पादन गर्न लागिएका यस्ता प्रविधिहरु छ महिनाभित्र १२ करोड परिमाणमा उत्पादन गरिने छ । 

Advertisement

डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले यो प्रविधि कोरोना नियन्त्रणका लागि एउटा कोसेढुङ्गा बन्नसक्ने बताउँदै परीक्षणका लागि नमुना संकलन गरेको बढिमा आधा घण्टाभित्रमा नजिता आउँदा कोरोना पत्ता लगाउने हालको कार्यक्षमतामा उच्च विस्तार हुने विश्वास व्यक्त गरेका छन् । 

सोमवार गरिएको पत्रकार सम्मेलनमा उनले नयाँ प्रविधि सजिलै बोकेर हिँड्न सकिने र सजिलै प्रयोग गर्न सकिने खालको हुने बताएका थिए । औषधि निर्माताहरू एब्बो र एसडी बायोसेन्सरले च्यारिटेबल संस्था बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनका लागि १२ करोड यस्ता परीक्षण उपकरणहरू उत्पादन गर्नेछ । 

Advertisement

Advertisement