मन्त्रिपरिषद् पुनर्गठनः अर्थमन्त्रीमा विष्णु, इश्वरलाई रक्षा मन्त्रालयको जिम्मेवारी खोसियो

Advertisement

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद विस्तार र केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । 

प्रधानमन्त्री ओलीले रिक्त रहेको अर्थ मन्त्रालयको जिम्मेवारी विष्णु पौडेललाई दिएका छन् भने लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ मन्त्रालयको जिम्मेवारी दिइएको छ । रिक्त रहेको सहरी विकास मन्त्रालयको जिम्मेवारी कृष्णगोपाल श्रेष्ठलाई दिइएको छ  भने स्वास्थ्य राज्यमन्त्रीमा नवराज राउतलाई नियुक्त गरिएको छ । 

Advertisement

त्यसैगरी उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेललाई उक्त जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयको जिम्मेवारी दिइएको छ । यसैगरी रिक्त रहेको सञ्चार मन्त्रालयको जिम्मेवारी पार्वत गुरुङलाई दिइएको छ । यसअघि उनी महिला, बालबालिकाका मन्त्रालयको जिम्मेवारीमा थिए । 

 
 

Advertisement

Advertisement