ओली र प्रचण्डबीच कुरा मिलेन, शाहीको सरकार ढल्ने संभावना बढ्यो

Advertisement

काठमाडौं । कर्णाली प्रदेशको कुरा मिलाउने सत्ताधारी दल नेकपाका अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालबीचको प्रयास असफल भएको छ । उनीहरुबीच कुरा नमिलेसँगै महेन्द्रबहादुर शाही नेतृत्वको प्रदेश सरकार ढल्ने संभावना बढेर गएको छ । 

शाहीविरुद्ध आफ्नै पार्टीका बहुमत साँसदहरुले अविश्वासको प्रस्ताव संसदीय दलमा पेश गरेका छन् । त्यसँगै कर्णालीमै विवाद मिलाउने प्रयास गरिए पनि नमिलेपछि झगडिया पक्षहरुलाई काठमाडौं बोलाइएको थियो । 

Advertisement

बालुवाटारमा आज ओली र प्रचण्डबीच कुरा नमिलेपछि विवाद समाधान कर्णालीमै गएर संसदीय दलबाट गर्न निर्देशन दिएका छ । त्यो भनेको शाहीका पक्षमा बहुमत नपुग्ने हो भने नयाँ समिकरणमा जानु भन्ने देखिन्छ । 

कर्णाली प्रदेशका मुख्यमन्त्री शाही र अविश्वासको प्रस्तावका अगुवा यमलाल कँडेल दुवै अहिले काठमाडौंमा आफ्ना पक्षमा समर्थन जुटाउन दौडधुपमा लागेका छन् । दुवैले अडान नछाडेपछि ओली र प्रचण्डले आफै विवाद मिलाउन भनेका हुन् । 

Advertisement

Advertisement